भक्तपुर, २४ असोज । क्रियाशील पत्रकार मञ्च, भक्तपुरले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

समाज, स्वास्थ्य सेवा, स्थानीय विकास तथा पत्रकारिता क्षेत्रमार्फत योगदान पुर्याएका व्यक्तित्वहरूको कदर गर्दै मञ्चले सम्मानपत्र प्रदान गरेको हो । मुख्यमन्त्री किरण थापा मगर, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारलाई सम्मान गरिएको हाे ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यता तथा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी ‘आशा’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै समाजको विकास, सार्वजनिक सेवा प्रवाह र जिम्मेवार पत्रकारितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
