भर्खरै : Sorry, your browser does not support inline SVG.

DV 2022 का लागि (डिभी लोटरी २०२२) अक्टोबर ७ देखि भर्न सकिने

DV 2022 का लागि (डिभी लोटरी २०२२) अक्टोबर ७ देखि भर्न सकिने

सन् २०२२ का लागि डिभी लोटरी अक्टोबर ७ देखि भर्न सकिने अमेरिकी सरकारले जनाएको छ । विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार अक्टोबर ७ बुधबार अपरान्ह १२ बजेदेखि नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको हो । एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन दिन सुझाव दिइएको छ ।

२०२२ को डिभी लोटरीका लागि नेपालीहरुलाई योग्य ठहरिएका छन् । बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिक भने अयोग्य ठहरिएको जनाईएको छ ।

२०२२ को डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला ।https://dvprogram.state.gov/ESC/(S(lsptvrr2plgdh0kngcvg4fyj))/default.aspx

धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न सुझाव दिइएको छ । ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने जनाइएको छ ।

अमेरिकी सरकारको वेवसाइटमा गऐर डिभी भर्न सकिन्छ । त्यसका लागि कुनै शुल्क तिर्न पर्दैन । अमेरिकी सरकारको वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको छ । भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

डिभी भर्न चाहिने विवरण
नाम, लिंग, जन्ममिति, जन्मस्थान, जन्मदेश, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, तत्काल खिचिएका फोटो, ठेगाना, आफू अहिले बस्ने देश, इमेल, फोन नम्बर, छोराछारीको विवरण लगायत आवश्यक पर्छ । अक्टोबर ७ देखि डिभी भर्नेहरुको नतिजा सन् २०२१ को मे ८ मा आउने जनाइएको छ । गत बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो ।

पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ । कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ । यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.