भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चुनावी आचारसंहिता मन्त्रीदेखि कर्मचारी र उम्मेदवारदेखि मतदातासम्मलाई लाग्ने

चुनावी आचारसंहिता मन्त्रीदेखि कर्मचारी र उम्मेदवारदेखि मतदातासम्मलाई लाग्ने

मुख्य बुँदा

निर्वाचन आचारसंहिता सबै तह र क्षेत्रलाई लागू हुने प्रस्ताव

संघीय तथा प्रदेश सरकारका मन्त्री र पदाधिकारी समेटिए

कर्मचारी, सुरक्षा निकाय र सार्वजनिक संस्थामा पनि लागू

राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधि दायरामा

सञ्चार माध्यम, शैक्षिक संस्था र मतदातासमेत समावेश

निजी क्षेत्रका बैंक, सहकारी र उद्योगलाई पनि आचारसंहिता

केही दिनभित्र सुझावसहित आचारसंहिता लागू हुने तयारी

काठमाण्डौ, ११ पुष । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा लागू हुने भएको छ।

यससँगै प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय तथा तिनका पदाधिकारी, संघीय तथा प्रदेश सरकारका निकाय र पदाधिकारीलाई पनि आचारसंहिता लागू हुने प्रस्ताव गरिएको छ।

आचारसंहिता पालिका प्रतिनिधि, संघ, प्रदेश तथा पालिका तहका कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, साथै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरूलाई पनि लाग्नेछ।

राजनीतिक दल तथा तिनका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिलाई समेत आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ।

त्यसैगरी सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, तिनका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय र विश्वविद्यालय, शिक्षक तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा त्यहाँ कार्यरत कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा कर्मचारी पनि आचारसंहिताको दायरामा पर्नेछन्।

निजी क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, तिनका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी तथा कर्मचारीलाई पनि आचारसंहिता लाग्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहिता आवश्यक सुझाव र सल्लाह समेट्दै केही दिनभित्रै लागू गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.