भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाण्डौमा चिसो बढ्यो, तराईमा आज पनि हुस्सु र कुहिरो

काठमाण्डौमा चिसो बढ्यो, तराईमा आज पनि हुस्सु र कुहिरो

काठमाण्डौ, ११ पुष । काठमाण्डौ उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ। हिजो बिहान बादल लागेकाले चिसो केही कम महसुस भए पनि आज आकाश सफा रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेकोमा आज घटेर ५.४ डिग्री सेल्सियस पुगेको छ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। यसका कारण तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय र बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ।

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.