भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतबाट राति–राति हात्ती पस्न थालेपछि झापामा त्रास

भारतबाट राति–राति हात्ती पस्न थालेपछि झापामा त्रास

काठमाण्डौ, २७ बैशाख । भारतबाट हरेक रात हात्तीको बथान नेपाल प्रवेश गर्न थालेपछि झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रका  बासिन्दा त्रसित बनेका छन् ।

एक सातायता भारतको जंगलबाट आउने ३० देखि ४० वटा हात्तीको बथानले मेचीनगर नगरपालिका–१, ४ र ५ क्षेत्रमा किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्‍याउँदै आएको छ । स्थानीयका अनुसार हात्तीहरू दिनभर भारततर्फको जंगलमा बस्ने र रात परेपछि बथान छुट्टिएर नेपाल प्रवेश गर्ने गरेका छन् ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको प्रवेश रोक्न, स्थानीय बासिन्दाको सुरक्षा गर्न तथा बाली जोगाउन सर्वपक्षीय बैठकमार्फत विभिन्न निर्णय गरिएको छ । यसअनुसार सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिमलगायतको संयुक्त टोली परिचालन गरिएको छ ।

सर्वपक्षीय बैठकले भारतीय वन अधिकारीसँग समन्वय गर्ने, बेलुका ६ बजापछि सीमा क्षेत्रमा सर्वसाधारणको आवतजावत रोक्ने, बस्ती वरिपरि मौसमी तारबार गर्ने तथा हात्ती खेदाउन ट्र्याक्टर परिचालन गर्ने निर्णय गरेको छ । ट्र्याक्टर सञ्चालनका लागि आवश्यक इन्धन नगरपालिकाले उपलब्ध गराउने तथा रातिको समयमा सतर्कता अपनाउन माइकिङसमेत गरिने वडाध्यक्ष कार्कीले जानकारी दिए ।

मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीका अनुसार बाहुनडाँगीका सीमावर्ती क्षेत्रमा लगाइएको १८ किलोमिटर लामो सौर्य तारबारको मर्मतसम्भार प्रक्रिया पनि अघि बढाइएको छ । स्थानीयले हात्तीको नियमित प्रवेशले खेतीपाती नष्ट हुनुका साथै राति बाहिर निस्कनसमेत डर लाग्ने अवस्था सिर्जना भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.