भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष २०२६ सुरु, नेपालमा पनि उल्लासपूर्वक स्वागत

ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष २०२६ सुरु, नेपालमा पनि उल्लासपूर्वक स्वागत

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षलाई आधार मानी पादरी ग्रेगोरियनले प्रचलनमा ल्याएकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ।

नयाँ वर्ष २०२६ को अवसरमा ग्रेगोरियन पात्रोअनुसार चाडपर्व मान्नेहरूले एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै उत्साहपूर्वक मनाइरहेका छन्।

ग्रेगोरियन पात्रो सौरमासको आधारमा मात्र निर्माण गरिएको मानिन्छ। यसै कारण कतिपयले यो पात्रो पूर्ण रूपमा वैज्ञानिक नभएको टिप्पणी पनि गर्ने गरेका छन्। विभिन्न संवत्को अध्ययन–अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि सञ्चालन हुँदै आएको विक्रम संवत्‌ जति वैज्ञानिक नभए पनि इस्वी संवत्‌को प्रभाव भने विश्वव्यापी रूपमा बढ्दै गएको छ।

डा. पन्तका अनुसार एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि दिनभन्दा साना एकाइहरूलाई सामान्य गणनामा समावेश नगरिँदा समय व्यवस्थापनमा फरक पर्न जान्छ। यही असन्तुलन मिलाउन विक्रम संवत्‌मा अधिकमासको व्यवस्था गरिएको छ भने इस्वी संवत्‌मा ‘लिप इयर’ प्रणाली अपनाइएको छ। तर लिप इयरसम्बन्धी विषयमा पश्चिमा देशहरूबीच पनि पूर्ण मतैक्यता नरहेको डा. पन्त बताउँछन्।

पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन तीव्र रूपमा बढ्दै गएको छ। नयाँ वर्ष २०२६ का अवसरमा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने काठमाडौँको ठमेल, बौद्ध क्षेत्र, पोखरा, सौराहा लगायतका स्थानमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.