भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाः प्रवेश सुरुङ निर्माण शुरू

तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाः प्रवेश सुरुङ निर्माण शुरू

काठमाण्डौ, ३० बैशाख । तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण शुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर।के। हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाण्डौसँग ठेक्का सम्झौता गरेको छ ।

२०८० साल फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनुभयो । तल्लो सेती जलविद्युत् आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धजलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको बाँध बन्दीपुर गाउँपालिकाअन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ । बाँधको उचाइ ३२ मिटर रहनेछ भने यसबाट झण्डै १२ दशमलव ७ किलोमिटर लामो जलाशय निर्माण हुनेछ ।

सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट गाउँपालिका–४, गाईघाटस्थित अर्धभूमिगत विद्युत् गृहमा पुर्‍याइने योजना रहेको छ ।

आयोजनाका प्रमुख श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैङ्कको अनुदान सहयोगमा तयार गरिएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.