भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग घोषणा

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग घोषणा

काठमाडौँ, १६ चैत्र । राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग गरिएको घोषणा गरिएको छ। युनियनका अध्यक्ष राजु ओलियाले आधिकारिक सूचनामार्फत युनियन भंग गरिएको जानकारी दिएका हुन्।

सूचनाअनुसार, सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीलाई समर्थन जनाउँदै युनियन विघटन गरिएको हो। गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निकायमा रहेका कर्मचारी युनियनहरू भंग गर्ने निर्णय गरेको थियो।

सोही निर्णयलाई कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियनले स्वयं भंग हुने निर्णय लिएको जनाएको छ।

युनियनले सरकारको सुधार योजनालाई स्वागत गर्दै प्रशासनिक प्रणालीलाई राजनीतिक प्रभावबाट मुक्त बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 


Thali Mobile Pvt.Ltd.