भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता

गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता

बुटवल, १६ चैत्र । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ ।

अध्यक्ष चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले मुद्दा दर्ता गरेको हो । ‘भैरहवा–१५’ नाम परिवर्तन गरी दिइएको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको जनाइएको छ ।

मुद्दा दर्तासँगै अध्यक्ष चौधरीको पदसमेत संकटमा परेको छ । यस प्रकरणमा आरोपितमध्ये सन्तकुमार यादव हाल थुनछेकका लागि कारागारमा रहेका छन् । पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यता, अध्यक्ष चौधरीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् । उनले कानुनी रूपमा मुद्दा लड्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.