भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोखरामा नक्कली लाइसेन्स प्रकरण : अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरामा नक्कली लाइसेन्स प्रकरण : अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्य बुँदा 

पोखरामा नक्कली लाइसेन्स वितरण प्रकरण सार्वजनिक

प्रशासन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

झुट्टा विवरण राखेर पुरानो लाइसेन्स नम्बर प्रयोग गरिएको पुष्टि

गलत अभिलेखका आधारमा लाइसेन्सको प्रतिलिपि जारी गरिएको

अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गर्‍यो

काठमाडौँ, २७ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्थित यातायात व्यवस्था कार्यालयमा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरी अनियमितता गरेको ठहर गर्दै तत्कालीन कर्मचारीहरू विरुद्ध विशेष अदालत मा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय कास्की जिल्ला का तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल ले गलकोट नगरपालिका–२ का हिमबहादुर बस्नेत थापा सँग मिलेमतो गरी सरकारी अभिलेख सच्याएको पुष्टि भएको छ।

उनीहरूले कहिल्यै जारी नै नभएको पुरानो लाइसेन्स नम्बर (डीएल ०८–४२४८२) लाई आधार बनाई सरकारी विद्युतीय अभिलेखमा गैरकानुनी रूपमा विवरण थपघट गरेका थिए।

अनुसन्धानका क्रममा बस्नेतको नाममा ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स २० वर्षअघि नै जारी भएको देखाउन २०५८ साल चैत २७ गते को इस्यु डेट र २०७८ साल चैत २२ गते को एक्स्पायरी डेट राखेर झुट्टा विवरण प्रविष्ट गरिएको भेटिएको छ। त्यही गलत विवरणका आधारमा २०७८ चैत १५ गते लाइसेन्सको प्रतिलिपि समेत जारी गरिएको खुलेको छ।

सरकारी कागजात र विद्युतीय अभिलेख सच्याएर भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले प्रशासन अधिकृत थापा, कम्प्युटर अपरेटर ढकाल र सेवाग्राही बस्नेतलाई प्रतिवादी बनाउँदै सजायको मागदाबीसहित शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार कार्यालयको गोप्य विवरण र अभिलेखमा अनाधिकृत पहुँच पुर्‍याई व्यक्तिगत लाभका लागि लाइसेन्स वितरण गर्ने कार्यले सुशासनमाथि गम्भीर प्रहार गरेको ठहर गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.