भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

पोखरामा नक्कली लाइसेन्स प्रकरण : अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरामा नक्कली लाइसेन्स प्रकरण : अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्य बुँदा 

पोखरामा नक्कली लाइसेन्स वितरण प्रकरण सार्वजनिक

प्रशासन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

झुट्टा विवरण राखेर पुरानो लाइसेन्स नम्बर प्रयोग गरिएको पुष्टि

गलत अभिलेखका आधारमा लाइसेन्सको प्रतिलिपि जारी गरिएको

अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गर्‍यो

काठमाडौँ, २७ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्थित यातायात व्यवस्था कार्यालयमा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरी अनियमितता गरेको ठहर गर्दै तत्कालीन कर्मचारीहरू विरुद्ध विशेष अदालत मा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय कास्की जिल्ला का तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल ले गलकोट नगरपालिका–२ का हिमबहादुर बस्नेत थापा सँग मिलेमतो गरी सरकारी अभिलेख सच्याएको पुष्टि भएको छ।

उनीहरूले कहिल्यै जारी नै नभएको पुरानो लाइसेन्स नम्बर (डीएल ०८–४२४८२) लाई आधार बनाई सरकारी विद्युतीय अभिलेखमा गैरकानुनी रूपमा विवरण थपघट गरेका थिए।

अनुसन्धानका क्रममा बस्नेतको नाममा ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स २० वर्षअघि नै जारी भएको देखाउन २०५८ साल चैत २७ गते को इस्यु डेट र २०७८ साल चैत २२ गते को एक्स्पायरी डेट राखेर झुट्टा विवरण प्रविष्ट गरिएको भेटिएको छ। त्यही गलत विवरणका आधारमा २०७८ चैत १५ गते लाइसेन्सको प्रतिलिपि समेत जारी गरिएको खुलेको छ।

सरकारी कागजात र विद्युतीय अभिलेख सच्याएर भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले प्रशासन अधिकृत थापा, कम्प्युटर अपरेटर ढकाल र सेवाग्राही बस्नेतलाई प्रतिवादी बनाउँदै सजायको मागदाबीसहित शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार कार्यालयको गोप्य विवरण र अभिलेखमा अनाधिकृत पहुँच पुर्‍याई व्यक्तिगत लाभका लागि लाइसेन्स वितरण गर्ने कार्यले सुशासनमाथि गम्भीर प्रहार गरेको ठहर गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.