भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

जनताको अपेक्षा प्रभावकारी सेवा प्रवाहमा केन्द्रित : राष्ट्रपति पौडेल

जनताको अपेक्षा प्रभावकारी सेवा प्रवाहमा केन्द्रित : राष्ट्रपति पौडेल

काठमाडौँ, २७ चैत्र । रामचन्द्र पौडेल ले निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्षित भएको उल्लेख गर्दै जनताले प्रभावकारी सेवा प्रवाहको ठूलो आकांक्षा राखेको बताएका छन्।

शुक्रवार संघीय संसद को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन, रोजगारीका अवसर तथा तीव्र आर्थिक–सामाजिक स्थायित्व नागरिकको मुख्य अपेक्षा रहेको बताए।

उनले नयाँ संसद्ले आवश्यक कानुनहरू निर्माण गर्ने विश्वास व्यक्त गर्दै न्यायपालिकाबाट निष्पक्ष न्याय प्रदान हुन सके मात्र सहिदहरूको सम्मान हुने धारणा व्यक्त गरे।

राष्ट्रपति पौडेलले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि जनताको मर्मअनुसार गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको उल्लेख गरे। उनले राज्यका निकायहरूले जनअपेक्षाअनुसार सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए।

 


Thali Mobile Pvt.Ltd.