भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आज भाद्र कृष्ण औंसीः बुवाको मुख हेर्ने दिनका रुपमा रहेको यस्को के छ महत्व ?

आज भाद्र कृष्ण औंसीः बुवाको मुख हेर्ने दिनका रुपमा रहेको यस्को के छ महत्व ?

काठमाडौं । आज भाद्र कृष्ण औंसी । यो दिनलाई नेपाली समाजमा कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनका रुपमा लिइन्छ । सांस्कृतिक र धार्मिक महत्त्व बोकेको यो विशेष पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ ।सनातन हिन्दु परम्परामा कुशलाई भगवान विष्णुको प्रतीकको रूपमा चिनिन्छ ।

आजकै दिन यो पवित्र वनस्पति कुशलाई घरमा भित्र्याइन्छ, जुन वर्षभरि गरिने देवकार्य वा पितृकार्यका लागि अति उपयोगी वनस्पतिको रुपमा लिइन्छ । कुशको महिमा वेद तथा पुराणहरूमा समेत वर्णन गरेको पाइन्छ । आजकै दिन आफ्नो बुबा र पूर्वजहरूको सम्मान गर्ने दिनका रूपमा मनाइन्छ । यस दिन पितृहरूको तर्पण, पूजा, ब्राह्मण भोजन र दानको माध्यमबाट उनीहरूको आत्मा शान्ति र मुक्ति प्राप्त गर्न प्रार्थना गर्ने गरिन्छ ।

आज पिताको महत्त्व र योगदानलाई मान्यता दिने अवसर हो । बाबुको मुख हेर्ने परम्पराले पिताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ, जसले परिवार र समाजमा पिताको स्थान र योगदानको महत्त्वलाई उजागर गर्छ । जसले पारिवारिक एकता र आदरको विशेष स्थान राख्छ ।

यसै दिन विशेषगरी छोराछोरीहरूले आफ्नो पितालाई आदर व्यक्त गर्न पूजा अर्चना, पिताको आशीर्वाद लिने, पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ । यसपालि सोमबारे औंसी परेकाले बिहान नबोलीकन नुहाउने चलन समेत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.