मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक नगदसहित पक्राउ

मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक नगदसहित पक्राउ

मोरङ । स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१८ रेलवे लाईन दशगजाबाट उक्त रकमसहित एक जना पक्राउ परेका हुन ।

पक्रउ पर्नेमा भारत अररिया फारबिसगंज–१० बस्ने ३९ वर्षीय अर्जुन कुमार रहेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको रकमका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.