भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

खाद्यवस्तुको अभाव झेल्दै आएका जनता यसपालीकाे पर्वमा के गर्लान ?

खाद्यवस्तुको अभाव झेल्दै आएका जनता यसपालीकाे पर्वमा के गर्लान ?

काठमाडौं । सधै दशैं तिहारमा खाद्यवस्तुको अभाव झेल्दै आएका जनताले यसपालि पनि त्यस्तै हुने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।

अहिले सम्म उनीहरुले निर्देशनलाई सुनेको देखिदैन । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्यवस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारेपछि मन्त्रालय झस्किएको छ ।

चिनीलगायत सामानमा कालोबजारी गरेर व्यापारीले बढी नाफा लिने प्रवृत्ति निरन्तर छ । त्यसमा कर्मचारीको पनि मिलिमतो हुने कार्य जारी नै छ । तर यसपाली कडा निर्देशन आएकोले कालोबजारी गर्ने व्यापारी झस्किएका छन् ।

उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन, निर्यात बढाउन तथा विषादीयुक्त खाद्यपदार्थ आयात–निर्यात नगर्न आग्रह गरेका छन् । पुँजीपतिलाई नाफा हुन्छ भन्दैमा मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पार्ने जो सुकैलाई कडा कारबाही गरिने प्रधानमन्त्रीले चेतावनी पनि दिएका छन ।

 


Thali Mobile Pvt.Ltd.