भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म

विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म

रसुवा, १४ असाेज । उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी दैनिक जोखिमपूर्ण यात्रा गर्दै विद्यालय पुग्न बाध्य छन् । भोटेकोशी बाढीपछि यातायातका साधन तथा बाटोमा आएको समस्याका कारण उनीहरूको दैनिकी थप कठिन बनेको हो ।

शान्तिबजार र पैरेबेँसीबाट विद्यालय आउने विद्यार्थीले पहिले सलाखु खोला तरेर करिब एक घण्टा पैदल यात्रा गर्छन् । त्यसपछि गाडीको पछाडि झुन्डिएर त्रिशूली किनारको कोलोनीसम्म पुग्ने गरेको विद्यालयकी शिक्षिका रन्जना थापाले बताइन् ।

त्यसपछि उनीहरू तुइनको सहारामा उर्लँदो त्रिशूली नदी पार गरेर ढुङ्गे बजार पुग्छन् । ढुङ्गे बजारबाट माइक्रोबस चढेर आङ्गिटार पुगेपछि सिहाले गाउँ हुँदै करिब आधा घण्टा उकालो हिँड्नुपर्छ ।

बेत्रावती पुगेपछि फड्के तरेर थप करिब २० मिनेट उकालो हिँडेपछि मात्रै विद्यार्थी विद्यालय पुग्छन् । यसरी विद्यालय पुग्न उनीहरूले दैनिक लामो, थकाइलाग्दो र जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।

शिक्षिका थापाका अनुसार यो अवस्था भोटेकोशी बाढीपछि विद्यार्थीले भोगिरहेको वास्तविक पीडा हो । शिक्षा हासिल गर्न दैनिक यति ठूलो जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्यका लागि तीनै तहका सरकारले तत्काल ठोस पहल गर्नुपर्ने उनको भनाइ छ ।

विद्यार्थीको सुरक्षित आवागमनका लागि वैकल्पिक बाटो, यातायात तथा नदी पार गर्ने सुरक्षित व्यवस्था गर्न सके मात्रै उनीहरूको जोखिमपूर्ण यात्रा अन्त्य हुन सक्ने स्थानीयको अपेक्षा छ ।

 


Thali Mobile Pvt.Ltd.