भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याइएको छः अर्थमन्त्री

बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याइएको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याएको बताएका छन् । राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताएका हुन् ।

उनले आगामी वर्षको बजेट सातै प्रदेशलाई समानरुपमा बजेट वितरण गर्ने र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेको दाबी गरे । उनले आगामी वर्षको बजेटमा ५ प्राथमिकता र ५ उद्देश्य लिएको स्मरण गराए । उनीभन्दा अघि बोलेका सांसदहरूले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्त्वाकाङ्क्षी रहेको, घोषित कार्यक्रम कार्यान्वयनमा चुनौतीपूर्ण, ठुलो आकार र वितरणमुखी भएको, वैदेशिक अनुदान र ऋणको लक्ष्य भेट्न कठिन रहेको लगायतका विषय उठाएका थिए ।

यस्तै अर्थमन्त्री पुनले आगामी वर्षका लागि विनियोजन भएको बजेट नेता केन्द्रित नभएको दाबी गरे ।बजेट बनाउँदा राष्ट्र बैंकले समेत पर्याप्त सुझाव दिएको उनको भनाई छ । सोहीकारण बजेटले लिएका नीतिलाई सहजीकरण गर्दै आगामी मौद्रिक नीति आउनेमा विश्वास व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.