भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पहिरोमा परी पाकिस्तानमा १२ जनाको मृत्यु

पहिरोमा परी पाकिस्तानमा १२ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ।

दिर जिल्लामा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहँदा शुक्रबार पहिरोमा परी १२ जनाले ज्यान गुमाएको सरकारी उद्धार संगठनले एक विज्ञप्तिमा जनाएको छ।

पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ। सबै शव भग्नावशेषबाट निकालिएको र पहिरोको भग्नावशेषबाट क्षेत्र खाली गर्न उद्धार कार्य जारी छ।

पाकिस्तानका केही भागमा हाल मुसलधारे वर्षा भइरहेको छ । भारी वर्षाले अचानक बाढी र धेरै जिल्लाहरूमा पहिरो निम्त्याउने गरेको छ। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.