भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द

वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द

काठमाडौँ, २८ जेठ । देशका विभिन्न भागमा निरन्तर वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडक खण्ड पूर्ण रूपमा बन्द रहेका छन् भने कतिपय स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

काठमाडौँ र मकवानपुर जोड्ने दुई महत्त्वपूर्ण वैकल्पिक सडक मर्मत कार्यका लागि एक महिनासम्म बन्द रहने भएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ स्थित सतुङ्गल–चित्लाङ सडक खण्ड तथा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक खण्ड मर्मत भइरहेकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

त्यसैगरी, बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशका भोजपुर र पाँचथर जिल्लामा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भएको छ। भोजपुर नगरपालिका–५ बोखिम तथा पाँचथरको याङवरक गाउँपालिका–२ दोभान क्षेत्रमा सडकमा क्षति पुगेपछि हाल एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। भोजपुर क्षेत्रमा वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिने बताइएको छ।

यता, लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा पहिरोका कारण सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। परिवर्तन गाउँपालिका–१ बाङ्गास्थित सडक खण्डमा गएको पहिरो हटाउने प्रयास जारी रहे पनि यातायात सेवा सञ्चालन हुन सकेको छैन। प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.