भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रम्पको इरानलाई कडा चेतावनी : युद्धविराम उल्लंघन भए थप सैन्य कारबाही गर्ने

ट्रम्पको इरानलाई कडा चेतावनी : युद्धविराम उल्लंघन भए थप सैन्य कारबाही गर्ने

काठमाडौं, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानविरुद्ध थप सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। उनले इरानले आक्रमणलाई निरन्तरता दिए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिकी सेनाले इरानका मिसाइल, ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार यो कारबाही युद्धविराम उल्लंघन र इरानद्वारा एक तेल ट्यांकरलाई निशाना बनाइएको घटनाको जवाफस्वरूप गरिएको हो।

ट्रम्पले इरानले बारम्बार युद्धविराम उल्लंघन गरिरहेको आरोप लगाउँदै आवश्यक परे अमेरिका थप सैन्य कदम चाल्न पछि नहट्ने चेतावनी दिए। उनले परिस्थितिमा सुधार नआए इरानले अत्यन्त गम्भीर परिणाम सामना गर्नुपर्ने दाबी पनि गरेका छन्।

अमेरिका–इरानबीच बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.