भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, २१ साउन । बाढी पूर्वानुमान महाशाखाले आज देशका ३० जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले नदी किनार, खोल्साखोल्सी तथा होचा भू–भागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लामा बाढीको जोखिम रहेको छ।

महाशाखाले हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिन अधिकांश नदीमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरेको छ।

विशेषगरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदी प्रणालीमा पानीको सतह बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा, स्थानीय तह र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले वर्षाको अवस्था र नदीको बहावमा आउने परिवर्तनलाई नियमित रूपमा निगरानी गर्न, आधिकारिक सूचना पछ्याउन तथा नदी किनार र होचा भू–भागमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.