भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, २१ साउन । बाढी पूर्वानुमान महाशाखाले आज देशका ३० जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले नदी किनार, खोल्साखोल्सी तथा होचा भू–भागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लामा बाढीको जोखिम रहेको छ।

महाशाखाले हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिन अधिकांश नदीमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरेको छ।

विशेषगरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदी प्रणालीमा पानीको सतह बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा, स्थानीय तह र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले वर्षाको अवस्था र नदीको बहावमा आउने परिवर्तनलाई नियमित रूपमा निगरानी गर्न, आधिकारिक सूचना पछ्याउन तथा नदी किनार र होचा भू–भागमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.