भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म

काठमाडौं, २१ साउन । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमान साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक तथा स्थानीय तहका कर्मचारीहरूको तलब निर्धारण गरिएको हो।

नयाँ तलबमानअनुसार प्रशासनिक सेवाको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापति को आधारभूत तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ। यसमा मासिक ५ हजार रुपैयाँ महँगी भत्ता र १० प्रतिशत प्रोत्साहन भत्ता थपिएपछि उनीहरूको मासिक कुल तलब १ लाख ४ हजार ८७ रुपैयाँ पुग्नेछ।

सरकारी सेवाको सबैभन्दा तल्लो तहका श्रेणीविहीन (कार्यालय सहयोगी) कर्मचारीको आधारभूत तलब २८ हजार ९८४ रुपैयाँ कायम गरिएको छ। यसमा एक दिन बराबरको ग्रेड रकम, १० प्रतिशत प्रोत्साहन भत्ता तथा अन्य लागू सुविधासहित मासिक प्राप्त हुने रकम ३६ हजार ७०० रुपैयाँ पुग्नेछ।

सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षक को तलब ७४ हजार ९५८ रुपैयाँ तथा प्राथमिक तहका शिक्षक को न्यूनतम तलब ३४ हजार ४२६ रुपैयाँ कायम गरिएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत १२औँ तह को तलब ८४ हजार ५७६ रुपैयाँ निर्धारण गरिएको छ।

शिक्षक तथा स्वास्थ्य सेवाका कर्मचारीले पनि अन्य सरकारी कर्मचारीसरह १० प्रतिशत मासिक प्रोत्साहन भत्ता र यसअघि पाउँदै आएको महँगी भत्ता प्राप्त गर्नेछन्।

अर्थ मन्त्रालयले अवकाशप्राप्त कर्मचारीहरूको पेन्सनमा पनि १० प्रतिशत वृद्धि गरिएको जनाएको छ। नयाँ तलबमानसँगै कर्मचारीको सेवा–सुविधामा वृद्धि हुने र सार्वजनिक सेवामा कार्यरत जनशक्तिको मनोबल बढ्ने अपेक्षा सरकारले गरेको छ।

 


Thali Mobile Pvt.Ltd.