भर्खरै : Sorry, your browser does not support inline SVG.
प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क | गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच |

चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि

चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि

काठमाडौं, २१ साउन । झण्डै चार महिनादेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको तालाबन्दी खुलेको छ। यद्यपि पुस्तकालयमा नियमित रूपमा बसेर अध्ययन तथा पठनपाठन गर्न भने अझै केही दिन कुर्नुपर्ने भएको छ।

सहमतिअनुसार साउन २५ गते सोमबारदेखि पुस्तकालयमा पठनपाठनका लागि आवश्यक वातावरण तयार गरी नियमित सेवा सञ्चालन गरिनेछ।

तालाबन्दी खोल्ने क्रममा आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज कल्याण परिषद्का पदाधिकारी, भृकुटीमण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख तथा सार्वजनिक पुस्तकालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार पुस्तकालयको साँचो र ताल्चाको जिम्मेवारी पुस्तकालय प्रशासनसँग रहनेछ। पुस्तकालय सञ्चालनसम्बन्धी कार्यविधि भने समाज कल्याण परिषद् र पुस्तकालय कार्यसमितिबीच आपसी छलफलबाट तय गरिनेछ।

वर्षौँदेखि समाज कल्याण परिषद् र पुस्तकालय समाजबीच २ करोड ८५ लाख रुपैयाँ भाडा बक्यौता सम्बन्धी विवाद चल्दै आएको थियो। यही विवादका कारण पुस्तकालय गत चैत ३० गतेदेखि बन्द गरिएको थियो।

आम पाठक, नागरिक समाज तथा विभिन्न पक्षबाट भएको रचनात्मक दबाब र पहलपछि अन्ततः तालाबन्दी हटाएर पुस्तकालय पुनः सञ्चालन गर्ने सहमति जुटेको हो।

२०६० सालमा स्थापना भएको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा ५० हजारभन्दा बढी पुस्तक संग्रहित छन्। पुस्तकालय पूर्ण रूपमा सञ्चालनमा आएपछि विद्यार्थी, अनुसन्धानकर्ता, लेखक तथा सर्वसाधारण पाठकलाई पुनः अध्ययनको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.