भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गौरमा दुई समुदायबीच झडप, स्थिति सामान्य बन्दै

गौरमा दुई समुदायबीच झडप, स्थिति सामान्य बन्दै

रौतहट। गौर मा शुक्रबार दुई समुदायबीच झडप भएको छ। गौर नगरपालिका–६ सबगढामा बिहीबार जन्तीमाथि ढुंगामुढा प्रहार गरिएको आरोपपछि शुक्रबार दुवै पक्षबीच तनाव बढ्दै झडप भएको हो। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार जन्तीको विषयलाई लिएर उत्पन्न विवादले उग्र रूप लिएको हो।

स्थानीयका अनुसार बिहीबारको घटनाको विरोधमा शुक्रबार दुवै समुदायका युवा आमनेसामने भएपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणबाहिर जान नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ।

झडपका क्रममा केही सर्वसाधारण तथा प्रहरी घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट ले सर्वसाधारणलाई संयमित रहन र अफवाहमा नलाग्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी भुसालले अवस्था क्रमशः सामान्य हुँदै गएको दाबी गर्दै दुवै पक्षसँग छलफल गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.