भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

निर्धक्क भएर मतदान गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको आह्वान

निर्धक्क भएर मतदान गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको आह्वान

काठमाडौँ, ८ फागुन । ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनमा निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आह्वान गरेका छन्।

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको जानकारी दिँदै चुस्त र भरपर्दो सुरक्षाबीच तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले जिल्लागत सुरक्षा रणनीति क्रमिक रूपमा कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए। गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र समग्र निर्वाचन तयारीबारे विस्तृत छलफल भएको थियो।

गृहमन्त्री अर्यालले सातवटै प्रदेशका प्रमुख सचिव, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग प्रदेश र जिल्लागत सुरक्षा तयारीबारे जानकारी लिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.