भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

निर्धक्क भएर मतदान गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको आह्वान

निर्धक्क भएर मतदान गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको आह्वान

काठमाडौँ, ८ फागुन । ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनमा निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आह्वान गरेका छन्।

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको जानकारी दिँदै चुस्त र भरपर्दो सुरक्षाबीच तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले जिल्लागत सुरक्षा रणनीति क्रमिक रूपमा कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए। गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र समग्र निर्वाचन तयारीबारे विस्तृत छलफल भएको थियो।

गृहमन्त्री अर्यालले सातवटै प्रदेशका प्रमुख सचिव, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग प्रदेश र जिल्लागत सुरक्षा तयारीबारे जानकारी लिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.