भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

गौरमा कर्फ्यु कायमै, भारत – नेपाल सीमामा कडाइ

गौरमा कर्फ्यु कायमै, भारत – नेपाल सीमामा कडाइ

रौतहट, १० फागुन । रौतहटको गौर नगरपालिका  – ६ सबगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको कर्फ्यु आदेश आज पनि कायमै रहेको छ । प्रशासनका अनुसार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यु केही समयका लागि खुकुलो बनाइए पनि त्यसपछि पुनः पूर्ववत् लागू गरिएको छ ।

घटनापछि भारत–नेपाल सीमामा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा क्षेत्रमा बेरियर राखी सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । नेपालबाट भारत प्रवेश गर्दा आधार कार्ड र भारतबाट नेपाल प्रवेश गर्दा नेपाली नागरिकता अनिवार्य गरिएको छ । सदरमुकाम गौरमा पुनः तनाव नदोहोरियोस् भन्ने उद्देश्यले नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । झडप नियन्त्रणका क्रममा करिब ५०० सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

साम्प्रदायिकता फैलाएको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैदसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जमसैदलाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । घटनामा उनको संलग्नताबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी गौर–६ का वडाध्यक्ष अबधविहारी साहलाई पनि नियन्त्रणमा लिइएको छ । प्रशासनका अनुसार दुवै समुदायबीच भएको सहमति विपरीत अडियो क्लिप सार्वजनिक भएसँगै शनिबार पुनः तनाव बढेको थियो ।

शनिबार भएको झडपमा ६ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउन्ड हवाई फायर र ७९ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा एक भारतीय नम्बरको स्कार्पियो , एक ई–रिक्सा र पाँच मोटरसाइकलमा आगजनी भएको छ भने करिब एक दर्जन मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सर्वपक्षीय बैठक बस्ने तयारी गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.