भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौँ, २६ साउन । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जनाभन्दा बढी घाइते भएका छन्। सोमबार स्थानीय समयअनुसार बिहान गएको ७.४ म्याग्निच्युडको भूकम्पले पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो।

भूकम्पका कारण काली, परेरा र मनिजालेसलगायतका सहरमा भवनहरू भत्किएका छन्। भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार तथा खोजी कार्य जारी रहेको छ। प्रभावित क्षेत्रमा उद्धार टोलीले भारी उपकरण प्रयोग गरी भग्नावशेष हटाउने तथा फसेकाहरूको खोजी गरिरहेको जनाइएको छ।

भूकम्पपछि कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियेलाले राष्ट्रिय विपद्को घोषणा गर्दै उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा परिचालन हुने बताएका छन्। उनी राष्ट्रपति पदमा जिम्मेवारी सम्हालेको केही दिनमै ठूलो प्राकृतिक विपद्को सामना गरिरहेका छन्।

भूकम्पको केन्द्रविन्दु कोलम्बियाको चोको प्रान्तअन्तर्गत सान होसे डेल पालमार आसपास रहेको बताइएको छ। शक्तिशाली धक्का छिमेकी मुलुकहरू इक्वेडर र पानामासम्म समेत महसुस गरिएको थियो।

भूकम्पका कारण ठूलो संख्यामा घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ। विभिन्न भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने स्वास्थ्य संस्था र विद्यालयसमेत प्रभावित भएका छन्। संरचनात्मक क्षतिको मूल्यांकन तथा सुरक्षा जाँचका लागि प्रभावित क्षेत्रका केही विमानस्थलमा उडान सेवा रोकिएको छ।

उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रमा आपत्कालीन व्यवस्थापन तीव्र पारिएको छ।अधिकारीहरूले भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। क्षतिको पूर्ण विवरण संकलन गर्ने कामसमेत जारी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.