भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाख मानिसले सहर छाडे

गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाख मानिसले सहर छाडे

काठमाडौं । गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाख मानिसले सहर छाडेका छन् । गएको सोमवारदेखि अहिलेसम्म एक लाख ५० हजार मानिसले खान युनिस सहर छाडेका संयुक्त राष्ट्र संघले जनाएको छ । गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसमा इजरायलले आक्रमणको केन्द्र बनाएपछि त्यहाँबाट मानिस अन्यत्र गएका राष्ट्र संघको दुई वटा संस्थाले गरेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ ।

हमासले खान युनिसमा आफ्नो सेनालाई पुनः संगठित गर्ने प्रयास गरिरहेकोले त्यहाँ निरन्तर आक्रमण गरिरहेको इजरायलले जनाएको छ । इजरायलले त्यहाँ आक्रमण गर्न थालेदेखि ८० जना प्यालेस्टाइनी मारिएको हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.