भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु

काठमाडौं । मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा बालबालिकासहित १७ जनाको ज्यान गएको छ । यो क्षेत्रमा इजरायलले रातभर बम आक्रमण गरेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध हिजबुल्लाह र हमासले निरन्तर प्रदर्शन गर्ने क्रममा इजरायली प्रहरीले प्रदर्शन रोक्न आक्रमण गरेको अलजजिराले जनाएको छ ।

इजरायको आक्रमणबाट रफाहमा सहायता ट्रकको पर्खाइमा रहेका कम्तीमा नौ जना प्यालेस्टाइनीको पनि ज्यान गएको छ । अरू धेरै गम्भीर घाइते भएका छन् । यसैबीच त्यहाँका स्थानीय सञ्चारमाध्यमले मध्य गाजामा इजरायली आक्रमणपछि शरणार्थी शिविरमा भएको छुट्टाछुट्टै आक्रमणमा १७ जान प्यालेस्टाइनी मारिएका बताएका छन् ।

इजरायली प्रहरीले सोमवार राति जेरुसेलममा प्रधानमन्त्री नेतान्याहुको घरबाहिर सरकार विरोधी प्रदर्शनमा कम्तीमा आठ जनालाई पक्राउ गरेको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.