भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, बालबालिकासहित १७ जनाको मृत्यु

काठमाडौं । मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा बालबालिकासहित १७ जनाको ज्यान गएको छ । यो क्षेत्रमा इजरायलले रातभर बम आक्रमण गरेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध हिजबुल्लाह र हमासले निरन्तर प्रदर्शन गर्ने क्रममा इजरायली प्रहरीले प्रदर्शन रोक्न आक्रमण गरेको अलजजिराले जनाएको छ ।

इजरायको आक्रमणबाट रफाहमा सहायता ट्रकको पर्खाइमा रहेका कम्तीमा नौ जना प्यालेस्टाइनीको पनि ज्यान गएको छ । अरू धेरै गम्भीर घाइते भएका छन् । यसैबीच त्यहाँका स्थानीय सञ्चारमाध्यमले मध्य गाजामा इजरायली आक्रमणपछि शरणार्थी शिविरमा भएको छुट्टाछुट्टै आक्रमणमा १७ जान प्यालेस्टाइनी मारिएका बताएका छन् ।

इजरायली प्रहरीले सोमवार राति जेरुसेलममा प्रधानमन्त्री नेतान्याहुको घरबाहिर सरकार विरोधी प्रदर्शनमा कम्तीमा आठ जनालाई पक्राउ गरेको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.