भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

इजरायल–लेबनानबीच ४५ दिने युद्धविराम, अमेरिकाले गर्‍यो औपचारिक घोषणा

इजरायल–लेबनानबीच ४५ दिने युद्धविराम, अमेरिकाले गर्‍यो औपचारिक घोषणा

काठमाडौं, २ बैशाख । अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनसम्म चलेको वार्तापछि दुवै पक्ष युद्धविराम लम्ब्याउन तयार भएको घोषणा गरेको हो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटका अनुसार इजरायल र लेबनानका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता आगामी मे २९ देखि अमेरिकाको पेन्टागनमा सुरु हुनेछ। उक्त वार्तामा सीमा सुरक्षा, आक्रमण नियन्त्रण तथा दीर्घकालीन शान्ति प्रक्रियाबारे छलफल हुने बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १६ मा युद्धविराम घोषणा गरेका थिए। तर त्यसपछि पनि इजरायल र हेजबुल्लाहबीच विभिन्न क्षेत्रमा गोलाबारी जारी रहेको थियो। बुधबार मात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको जनाएको थियो। मृत्यु हुनेमध्ये आठ जना बालबालिका रहेको बताइएको छ।

लगातार बढिरहेको हिंसाबीच भएको नयाँ युद्धविराम सहमतिलाई क्षेत्रीय तनाव कम गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। अमेरिका सहित अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.