भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गृहमन्त्री सुदन गुरुङलाई कारबाही गर्न जेनजी मुभमेन्ट नेपालको माग

गृहमन्त्री सुदन गुरुङलाई कारबाही गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं, ७ बैशाख । जेनजी मुभमेन्ट नेपाल ले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङ लाई पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ। मन्त्री गुरुङमाथि लागेका आरोपहरूमा निष्पक्ष छानबिन हुनुपर्ने मुभमेन्टको माग रहेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाह ले जारी गरेको विज्ञप्तिमा पदमै रहेर अनुसन्धान गर्न कठिन हुने र यसले न्याय प्रक्रियामा समस्या ल्याउन सक्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय भएकाले वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनुपर्ने’ उल्लेख गरिएको छ।

मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनको सन्दर्भ उल्लेख गर्दै दोषी देखिएका तथा आरोप लागेका व्यक्तिहरू न्यायको कठघरामा आउनुपर्ने माग गरेको छ। साथै, पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई पनि नदिन सरकारलाई आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.