भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

गृहमन्त्री सुदन गुरुङलाई कारबाही गर्न जेनजी मुभमेन्ट नेपालको माग

गृहमन्त्री सुदन गुरुङलाई कारबाही गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं, ७ बैशाख । जेनजी मुभमेन्ट नेपाल ले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङ लाई पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ। मन्त्री गुरुङमाथि लागेका आरोपहरूमा निष्पक्ष छानबिन हुनुपर्ने मुभमेन्टको माग रहेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाह ले जारी गरेको विज्ञप्तिमा पदमै रहेर अनुसन्धान गर्न कठिन हुने र यसले न्याय प्रक्रियामा समस्या ल्याउन सक्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय भएकाले वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनुपर्ने’ उल्लेख गरिएको छ।

मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनको सन्दर्भ उल्लेख गर्दै दोषी देखिएका तथा आरोप लागेका व्यक्तिहरू न्यायको कठघरामा आउनुपर्ने माग गरेको छ। साथै, पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई पनि नदिन सरकारलाई आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.