भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

राहत वितरणमा गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक काे प्राथमिकतामाः प्रधानमन्त्री दाहाल

राहत वितरणमा गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक काे प्राथमिकतामाः प्रधानमन्त्री दाहाल

बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई राहत वितरणमा सरकारले प्राथमिकता दिएको बताएका छन् । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुराकानीमा सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, “ उपलब्घ राहतलाई व्यवस्थापन गर्न सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ ।”

प्रधानमन्त्री प्रचण्डसँगै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन पनि रोल्पा गएका छन् ।

 


Thali Mobile Pvt.Ltd.