भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

जुम्लामा बिके १६ करोडका खसीबोका र भेडा

जुम्ला । जुम्लामा यो वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको खसीबोका र भेडाको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसी बिक्री भएको जानकारी दिए।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ खसीबोका र भेडा बिक्री भएका छन्। यस्तै१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगाभैँसी खरिद बिक्री भएका छन्, जसमा ४८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन्।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम१० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो। जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत १६ हजार रुपैयाँमा बिक्री भएको जनाइएको छ। अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभैँसी औसत ३८ हजार रुपैयाँमा बिक्री भएका थिए।

२०६८ सालदेखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली खसीबोका र भेडा मात्रै बिक्री हुने गरेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। रासस

 

 


Thali Mobile Pvt.Ltd.