भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ । एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । सुनको भाउले बुधबार नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार सुनको भाउ तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ रहेको थियो भने बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.