भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ । एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । सुनको भाउले बुधबार नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार सुनको भाउ तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ रहेको थियो भने बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.