भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने

११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने

काठमाडौं, ८ साउन  । सरकारले ११ वर्षपछि अत्यावश्यक औषधिको मूल्य पुनरावलोकन तथा समायोजन प्रक्रिया अघि बढाएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव हटाउन र आपूर्ति सहज बनाउन सरकारले आवश्यक नीतिगत सुधारको तयारी गरेको हो।

औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको छ।

विभागका अनुसार ११ वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण कच्चा पदार्थको मूल्य बढे पनि धेरै औषधि पुरानै मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसले केही अत्यावश्यक औषधिको उत्पादन तथा आपूर्तिमा समस्या देखिएको जनाएको छ।

यस्तै, बजार मूल्य घटिसकेका केही औषधिमा सरकारले तोकेको मूल्य अझै उच्च रहेकाले त्यस्ता औषधिको मूल्य पनि घटाउने तयारी गरिएको विभागले जनाएको छ।केही साताअघि क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन, सिस्प्लाटिन तथा सलाइनमार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव भएपछि उपचाररत बिरामीले समस्या भोग्नुपरेको थियो।

नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए) ले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको छ।

निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार मूल्य समायोजनको कानुनी प्रक्रिया अघि बढिरहेको भए पनि तत्कालका लागि औषधिको अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता तथा व्यवसायीसँग निरन्तर समन्वय र सहजीकरणमा जुटिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.