भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट

अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट

तेहरान, ८ साउन । यमनका हुथी विद्रोहीले लाल सागरमा सञ्चालन हुने व्यापारिक जहाजमाथि पुनः आक्रमण सुरु गरेको दाबी गरेपछि पश्चिम एसियामा सुरक्षा संकट थप गहिरिएको छ। अमेरिका–इरानबीच जारी सैन्य तनावसँगै यो घटनाले विश्व व्यापार, ऊर्जा आपूर्ति र क्षेत्रीय सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ।

हुथी विद्रोहीहरूले बाब एल–मन्डेब समुद्री मार्ग हुँदै आवतजावत गर्ने जहाजलाई निशाना बनाउँदै युरोप र एसियालाई जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग अवरुद्ध पार्ने चेतावनी दिएका छन्। यता अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले लगातार इरानका सैन्य संरचना, ड्रोन भण्डारण केन्द्र, सञ्चार सञ्जाल र तटीय निगरानी प्रणालीमाथि हवाई आक्रमण जारी राखेको जनाएको छ।

अमेरिकाले व्यापारिक जहाज र नागरिक सुरक्षामाथि देखिएको जोखिम कम गर्न यी कारबाही गरिएको दाबी गरेको छ।साउदी अरब र हुथी विद्रोहीबीचको युद्धविराम कमजोर बन्दै जाँदा लाल सागर क्षेत्रमा पुनः असुरक्षा बढेको छ। हुथीहरूले हालै साउदी जहाजमाथि मिसाइल प्रहार गरेको तथा केही जहाजलाई मार्ग परिवर्तन गर्न बाध्य पारेको दाबी गरेका छन्।

यसअघि इरानसँगको तनावका कारण स्ट्रेट अफ होर्मुज क्षेत्र प्रभावित भइरहेका बेला बाब एल–मन्डेबमा देखिएको नयाँ संकटले विश्वव्यापी तेल, ग्यास, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति शृङ्खलामा थप दबाब पर्ने चिन्ता बढेको छ।

यसैबीच साउदी अरबको नागरिक आणविक ऊर्जा कार्यक्रम विकासमा अमेरिकी सहयोगको घोषणाले पश्चिम एसियामा आणविक प्रतिस्पर्धा बढ्न सक्ने विश्लेषण पनि सार्वजनिक भएका छन्। यसले टर्की, इजिप्टलगायत अन्य क्षेत्रीय राष्ट्रहरूलाई पनि आफ्ना आणविक कार्यक्रम विस्तार गर्न प्रेरित गर्न सक्ने आकलन गरिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिका र इरानबीच दीर्घकालीन कूटनीतिक सहमति नहुँदासम्म पश्चिम एसियामा सैन्य तनाव, समुद्री सुरक्षा चुनौती र क्षेत्रीय अस्थिरता कायम रहने सम्भावना उच्च छ।

 


Thali Mobile Pvt.Ltd.