भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

इरानमा पुनः सरकारविरोधी आन्दोलन, विद्यार्थी प्रदर्शन चर्कियो

इरानमा पुनः सरकारविरोधी आन्दोलन, विद्यार्थी प्रदर्शन चर्कियो

एजेन्सी । इरानका विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थीहरूले पुनः सरकारविरोधी प्रदर्शन सुरु गरेका छन् ।

राजधानी तेहरानस्थित शरिफ प्राविधिक विश्वविद्यालय र अमिर कविर प्राविधिक विश्वविद्यालयमा हजारौँ विद्यार्थीले ‘तानाशाही अन्त्य गर’ भन्दै नाराबाजी गरेका छन् । गत महिनाको हिंसात्मक दमनमा ज्यान गुमाएका प्रदर्शनकारीहरूको सम्झनामा नयाँ शैक्षिक सत्र सुरु भएसँगै आन्दोलन फेरि चर्किएको बताइएको छ । तेहरानका साथै मशहद लगायतका सहरमा पनि विद्यार्थीहरूले आफ्नो अधिकारको माग गर्दै आन्दोलन जारी राखेका छन् । केही स्थानमा प्रदर्शनकारी र सरकार समर्थकबीच झडपसमेत भएको छ ।

यसबीच इरान र संयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित सैन्य कारबाहीको चेतावनी दिएका छन् । इरानले आणविक हतियार निर्माण गर्न खोजेको आशंकामा अमेरिका र युरोपेली राष्ट्रहरूले सैन्य उपस्थिति बढाएका हुन् । यद्यपि स्विट्जरल्याण्डमा भएको दुईपक्षीय वार्तामा आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा केही प्रगति भएको जनाइएको छ ।

मानवअधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.