भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

इरानमा पुनः सरकारविरोधी आन्दोलन, विद्यार्थी प्रदर्शन चर्कियो

इरानमा पुनः सरकारविरोधी आन्दोलन, विद्यार्थी प्रदर्शन चर्कियो

एजेन्सी । इरानका विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थीहरूले पुनः सरकारविरोधी प्रदर्शन सुरु गरेका छन् ।

राजधानी तेहरानस्थित शरिफ प्राविधिक विश्वविद्यालय र अमिर कविर प्राविधिक विश्वविद्यालयमा हजारौँ विद्यार्थीले ‘तानाशाही अन्त्य गर’ भन्दै नाराबाजी गरेका छन् । गत महिनाको हिंसात्मक दमनमा ज्यान गुमाएका प्रदर्शनकारीहरूको सम्झनामा नयाँ शैक्षिक सत्र सुरु भएसँगै आन्दोलन फेरि चर्किएको बताइएको छ । तेहरानका साथै मशहद लगायतका सहरमा पनि विद्यार्थीहरूले आफ्नो अधिकारको माग गर्दै आन्दोलन जारी राखेका छन् । केही स्थानमा प्रदर्शनकारी र सरकार समर्थकबीच झडपसमेत भएको छ ।

यसबीच इरान र संयुक्त राज्य अमेरिकाबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित सैन्य कारबाहीको चेतावनी दिएका छन् । इरानले आणविक हतियार निर्माण गर्न खोजेको आशंकामा अमेरिका र युरोपेली राष्ट्रहरूले सैन्य उपस्थिति बढाएका हुन् । यद्यपि स्विट्जरल्याण्डमा भएको दुईपक्षीय वार्तामा आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा केही प्रगति भएको जनाइएको छ ।

मानवअधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.