भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति, ‘घण्टी छापको करामत’ टिप्पणी

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति, ‘घण्टी छापको करामत’ टिप्पणी

काठमाडौं, २५ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति असन्तुष्टि जनाएका छन् । वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै उनले सरकारको कदममाथि प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले वरीयतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने निर्णय सरकारको अर्को ठूलो असफलताको कारण बन्ने टिप्पणी गरेका छन् । उनले अध्यादेशमार्फत प्रक्रिया अघि बढाइएको विषयलाई पनि आलोचना गरेका छन् ।

साम्पाङले आफ्नो पछिल्लो स्टाटसमा ‘चुपचाप घण्टी छापको करामत’ भन्दै सरकारमाथि व्यंग्य गरेका छन् । उनले संसद् छल्न अध्यादेश ल्याइएको हो ? भन्दै प्रश्न उठाएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिमा वरीयताको सम्मान गरियो वा गरिएन भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ छ । साथै उनले वर्तमान सरकारलाई ‘नीतिगत भ्रष्टाचारी सरकार’ भन्ने आरोपसमेत लगाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.