भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति, ‘घण्टी छापको करामत’ टिप्पणी

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति, ‘घण्टी छापको करामत’ टिप्पणी

काठमाडौं, २५ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति असन्तुष्टि जनाएका छन् । वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै उनले सरकारको कदममाथि प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले वरीयतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने निर्णय सरकारको अर्को ठूलो असफलताको कारण बन्ने टिप्पणी गरेका छन् । उनले अध्यादेशमार्फत प्रक्रिया अघि बढाइएको विषयलाई पनि आलोचना गरेका छन् ।

साम्पाङले आफ्नो पछिल्लो स्टाटसमा ‘चुपचाप घण्टी छापको करामत’ भन्दै सरकारमाथि व्यंग्य गरेका छन् । उनले संसद् छल्न अध्यादेश ल्याइएको हो ? भन्दै प्रश्न उठाएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिमा वरीयताको सम्मान गरियो वा गरिएन भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ छ । साथै उनले वर्तमान सरकारलाई ‘नीतिगत भ्रष्टाचारी सरकार’ भन्ने आरोपसमेत लगाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.