भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हर्मुज क्षेत्रमा बढ्दो तनावपछि ट्रम्पको चेतावनी, अमेरिकी युद्धपोत सुरक्षित रहेको दाबी

हर्मुज क्षेत्रमा बढ्दो तनावपछि ट्रम्पको चेतावनी, अमेरिकी युद्धपोत सुरक्षित रहेको दाबी

काठमाडौं, २५ बैशाख । हर्मुज जलडमरुमध्य क्षेत्रमा बढ्दो तनावबीच अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाका तीन डेस्ट्रोयर सुरक्षित रहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ती युद्धपोतहरूमा कुनै क्षति नभएको दाबी गरेका हुन् ।

अमेरिकी सैन्य स्रोतका अनुसार इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरिएको थियो । अमेरिकी सेनाले ती आक्रमणहरूलाई सफलतापूर्वक निष्क्रिय पार्दै आवश्यक प्रतिकारात्मक कदम चालेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरू सुरक्षित रहेको उल्लेख गर्दै इरानी आक्रमणकारी पक्षलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गरेका छन् । उनले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा प्रतिक्रिया दिइने चेतावनीसमेत दिएका छन् ।

ट्रम्पले इरानलाई छिटो कूटनीतिक सम्झौतामा आउन आग्रह गर्दै थप कडा कदम चालिन सक्ने सङ्केत गरेका छन् । विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा चिन्ता थपिएको छ ।

अमेरिकी अधिकारीहरूले आफ्नो सेनाले सुरक्षा गर्न पूर्ण क्षमता राखेको जनाउँदै परिस्थिति थप जटिल बनाउन नचाहेको बताएका छन् । यस क्षेत्रको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट निगरानी गरिरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.