भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसदमा हर्क साम्पाङको आक्रोश : “तपाईंहरूले जे भन्यो त्यही हुन्छ ?”

संसदमा हर्क साम्पाङको आक्रोश : “तपाईंहरूले जे भन्यो त्यही हुन्छ ?”

मुख्य बुँदा

प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि संसदमा विरोध

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्ताव पेश गर्न खोजेपछि विपक्षी आक्रोशित

विपक्षी दलको अडान — प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने

हर्क साम्पाङको कटाक्ष : “तिमीहरूले जे मन लाग्यो त्यही हुन्छ ?”

सभामुख डोलप्रसाद अर्यालले नियमावली सम्झाउने प्रयास

अर्जुननरसिंह केसी बोल्न थालेपछि विपक्षी सांसद बसे

काठमाडौं, ३० बैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन खोजिएपछि प्रतिनिधिसभामा विपक्षी दलहरूले तीव्र विरोध जनाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेको अवस्थामा उहाँको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्ताव प्रस्तुत गर्न लागेपछि विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गरेका थिए। विरोधका क्रममा हर्क साम्पाङ सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएका थिए। उनले संसद बैठकमै प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै, “प्रधानमन्त्री राजीनामा दे । तिमीहरूले जे मन लाग्यो त्यही हुन्छ ?” भन्दै आक्रोश व्यक्त गरेका थिए।

यस क्रममा सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा नियमावलीको धारा ३८ अनुसारको व्यवस्था सम्झाउने प्रयास गरेका थिए। तर विपक्षी सांसदहरूले तत्काल समय नदिएपछि केही समय संसद बैठक तनावपूर्ण बनेको थियो। पछि प्रमुख प्रतिपक्षी दलको तर्फबाट सांसद अर्जुननरसिंह केसी ले बोल्न थालेपछि विपक्षी सांसदहरू आफ्नो स्थानमा बसेका थिए।

 


Thali Mobile Pvt.Ltd.