प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेको अवस्थामा उहाँको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्ताव प्रस्तुत गर्न लागेपछि विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गरेका थिए। विरोधका क्रममा हर्क साम्पाङ सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएका थिए। उनले संसद बैठकमै प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै, “प्रधानमन्त्री राजीनामा दे । तिमीहरूले जे मन लाग्यो त्यही हुन्छ ?” भन्दै आक्रोश व्यक्त गरेका थिए।
यस क्रममा सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा नियमावलीको धारा ३८ अनुसारको व्यवस्था सम्झाउने प्रयास गरेका थिए। तर विपक्षी सांसदहरूले तत्काल समय नदिएपछि केही समय संसद बैठक तनावपूर्ण बनेको थियो। पछि प्रमुख प्रतिपक्षी दलको तर्फबाट सांसद अर्जुननरसिंह केसी ले बोल्न थालेपछि विपक्षी सांसदहरू आफ्नो स्थानमा बसेका थिए।
