भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन

हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन

मुख्य बुँदा

 आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण बनाउन निर्देशन

 माघ १५–२० भित्र इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह

जिल्ला प्रहरी कार्यालय वा स्थानीय प्रशासन कार्यालयमा बुझाउन सकिने

 नबुझाए कानुनबमोजिम कारबाही

निर्वाचनपछि फिर्ता लिन सकिने

बैतडी, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला प्रशासन कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ । इजाजतप्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने प्रहरीचौकी वा स्थानीय प्रशासन कार्यालमा बुझाउन सकिने छ ।

त्यसैगरी, रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि यही माघ १५ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन उक्त कार्यालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यसैगरी, लमजुङ जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गरी यही माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतयिार बुझाउन नागरिकलाई आग्रह गरेको हो । लमजुङमा एक हजारभन्दा व्यक्तिसँग त्यस्ता हातहतियार रहेका उक्त कार्यालयले जनाएको छ ।

व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनी ती स्थानीय प्रशासनले दिएका छन् । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि फिर्ता लिन सकिने ती कार्यालयले जारी गरेका सूचनामा जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.