भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौँका नदी किनारमा ‘थप २० मिटर’ छोड्नुपर्ने मापदण्ड खारेज, नक्सा पास खुला

काठमाडौँका नदी किनारमा ‘थप २० मिटर’ छोड्नुपर्ने मापदण्ड खारेज, नक्सा पास खुला

मुख्य बुँदा

 महानगरले नदी किनारमा नक्सा पास रोक्का फुकुवा गर्‍यो

‘थप २० मिटर’ मापदण्ड खारेज

सर्वोच्चको पछिल्लो आदेश कार्यान्वयन

 २०६५ सालको मापदण्ड मात्रै लागू

निजी जग्गामा घर बनाउन बाटो खुल्यो

रोकिएका निर्माणाधीन संरचना अघि बढ्ने

काठमाडौँ,  माघ ७ । काठमाडौँ महानगरपालिकाले नदी किनारका जग्गामा भवन निर्माण गर्न लगाएको रोक हटाएको छ। सर्वोच्च अदालतको पछिल्लो आदेश कार्यान्वयन गर्दै महानगरले नदीको दायाँ–बायाँ भवन निर्माण अनुमति (नक्सा पास) फुकुवा गरेको हो।

यसअघि नदी किनारको मापदण्डमा थप २० मिटर जग्गा छोड्नुपर्ने भन्दै महानगरले निर्माण कार्य र नक्सा पास रोक्का राखेको थियो। तर बुधबार जारी सार्वजनिक सूचनामार्फत अबदेखि निजी जग्गामा भवन निर्माण गर्न अनुमति नरोकिने स्पष्ट पारिएको छ।

यसअघि सर्वोच्च अदालतले २०८० मंसिरमा गरेको फैसलाका आधारमा महानगरले काठमाडौँका नदी किनारमा कडाइ गरेको थियो। मन्त्रिपरिषद्ले २०६५ सालमा तोकेको मापदण्डमा ‘थप २० मिटर’ जग्गा छोड्नुपर्ने र उक्त क्षेत्रलाई ‘निर्माण निषेधित क्षेत्र’ घोषणा गरिएको थियो, जसका कारण हजारौँ जग्गाधनी प्रभावित भएका थिए।

महानगरको सूचनाअनुसार २०८२ माघ ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले पुरानो फैसलालाई आंशिक उल्टी गरिदिएको छ। नयाँ आदेशमा मन्त्रिपरिषद्ले २०६५ सालमा तोकेको मापदण्ड बाहेक थप २० मिटर छोड्नुपर्ने पूर्ववत् फैसला कानुनसम्मत नदेखिएको उल्लेख छ।

अदालतले थप २० मिटर क्षेत्रमा संरचना बनाउन नदिने वा बनेका संरचना हटाउने भन्ने अघिल्लो आदेश सच्याएपछि महानगरले प्रतिबन्ध हटाएको हो। महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “सम्मानित सर्वोच्च अदालतको आदेशका आधारमा मिति २०६५/०८/०१ मा मन्त्रिपरिषद्बाट निर्धारित मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण अनुमतिमा रोक नलगाइने व्यहोरा जानकारी गराइन्छ।”

यो निर्णयसँगै अब काठमाडौँ उपत्यकाका नदी किनारमा जग्गा भएका जग्गाधनीले २०६५ सालको मापदण्ड पालना गरेर निजी जग्गामा घर बनाउन पाउने भएका छन्। यसअघि रोक्का राखिएका निर्माणाधीन संरचनाहरूको काम अघि बढाउन पनि बाटो खुलेको छ।

 


Thali Mobile Pvt.Ltd.