भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

एक जनाको हत्या, छिमेकी पक्राउ

एक जनाको हत्या, छिमेकी पक्राउ

झापा । एक जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् ।

बाह्रदशी गाउँपालिका ५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार राति करिब साढे ९ बजे सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीलाई रडले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

पुरानो रिसइबीका कारण राजवंशीले माझीलाई आक्रमण गरेको प्रहरीको भनाइ छ । माझीलाई बी एण्ड सी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.