भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग

सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ।

मन्त्रालयले परिपत्र जारी गर्दै अस्पतालहरूको अतिक्रमित जग्गाको लगत तथा विस्तृत विवरण माग गरेको हो। मन्त्रालयले अस्पतालहरूलाई आफ्नो जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार भए–नभएको यकिन गर्न तथा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए–नभएको विवरण तयार गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्नुपर्नेछ। सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाएर अस्पतालको भोगाधिकार पुनः कायम गर्न पनि भनिएको छ।

त्यस्तै भविष्यमा पुनः अतिक्रमण हुन नदिन खाली वा अतिक्रमणमुक्त गरिएको जग्गामा घेराबार गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउन निर्देशन दिइएको छ। मन्त्रालयले लालपुर्जा, स्रेस्ता लगायत जग्गासम्बन्धी अभिलेख अद्यावधिक गरी मालपोत र नापी कार्यालयबाट प्रमाणित कागजात सुरक्षित राख्न पनि भनेको छ।

परिपत्रमा वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल लगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाको नाम उल्लेख गरिएको छ।

यस्तै भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पतालभेरी अस्पताल समेतलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। अस्पतालहरूको सम्पत्ति संरक्षण तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.