भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

प्रधानमन्त्री बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल सुरु

प्रधानमन्त्री बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौँ, ३१ बैशाख । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै सुरु भएको छ।

संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेल ले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु भएको हो। नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले ले टेबल गरेका थिए।

तर विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने र छलफलको जवाफ पनि प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग गरेका थिए। सोही कारण बुधबारको बैठक अघि बढ्न सकेको थिएन।

सभामुख डोलप्रसाद अर्याल ले बुधबार बेलुका प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका थिए। तर बिहीबार पनि प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उनको अनुपस्थितिमै छलफल सुरु गरिएको हो।

नीति तथा कार्यक्रममा विपक्षी दलहरूले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। आजै छलफल सक्ने र सरकारको तर्फबाट जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

छलफल सुरु हुनुअघि बिहीबारको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै सरकार कुन शासन प्रणालीअनुसार चलिरहेको हो भनेर प्रश्न उठाएका थिए। कांग्रेसका मिस्कल राई, एमालेका ऐन महर, राप्रपाकी खुस्बु ओली तथा नेकपाका युवराज दुलाल ले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका थिए।

 


Thali Mobile Pvt.Ltd.