भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बाक्लो हिमपहिरोमा परि अफगानिस्तानमा २५ जनाको ज्यान गयो

बाक्लो हिमपहिरोमा परि अफगानिस्तानमा २५ जनाको ज्यान गयो

एजेन्सी । हिमपातसँगै गएको पहिरोमा परेर अफगानिस्तानमा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना गम्भीर घाइते भएका छन् । उक्त घटना अफगानिस्तानको पुर्वीय प्रान्त नुरिस्तानमा भएको हो ।

पहिरोले घर भत्केकाहरु उद्धारमा ढिलाइ हुँदा खुला आकाश मुनि जीवन गजार्न बाध्य छन् । यसअघि अफगानिस्तानमा सन् २०१७ मा गएको हिम पहिरोमा परी ५० जनाको मृत्यु भएको थियो ।

यसैगरी, सन् २०२१ मा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको थियो । पहिरोले २० वटा घरहरु पुरिएका छन् । बाक्लो हिमपातका कारण उद्धारकर्मी घटनास्थल पुग्न असमर्थ भएकाले ठुलो मानवीय क्षति भएको अफगानी अधिकारीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.