काठमाण्डौ । वैशाख महिनामा २० वटा बैंकले कुल ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरणअनुसार वाणिज्य बैंकहरुले वैशाख महिनामा करिब ८ अर्ब रुपैयाँ नाफा कमाएका हुन ।
ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ र प्राइम बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् । अरु बैंकहरुको नाफा ३ अर्बभन्दा कम छ ।
नेपाल बैंकबाहेक अरु सबै बैकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । नेपाल बैंकले वैशाखसम्ममा ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । अधिक तरलताले ब्याज आम्दानी बढ्न नसक्दा र कर्जा नोक्सानी व्यवस्था बढ्दा वाणिज्य बैंकहरूको नाफा नै प्रभावित बनेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । अरु महिनाहरुको तुलनामा वैशाखमा नाफा बढेको छ । वैशाखसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि बढेको छ । अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले...
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बिहीबार २५८८.६२ अंकमा झरेको हो । फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ ।...
काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । आज छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ...