भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण

जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण

एजेन्सी । समुद्री डाँकाहरुले सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने अर्को प्रयास गरेको पाइएको छ । जहाजमा सात जना समुद्री डाँकू चढेका थिए र चालक दलका सदस्यलाई बन्धक बनाएका थिए । जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो ।

यसअघि जनवरी २९ तारिखमा पनि भारतीय नौसेनाले नै सोमालियाको पूर्वी तटमा एउटा जहाज अपहरण गर्ने समुद्री डाँकुहरूको प्रयासलाई विफल पारेको थियो । त्यस क्रममा २९ जना पाकिस्तानी नागरिकलाई भारतीय नौसेनाले उद्धार समेत गरेको थियो ।

जहाज अपहरण गर्ने डाँकाहरुको प्रयासलाई विफल पारिएको भारतीय नौसेनाले जनाएको छ । त्यहाँ भारतीय नौसेनाले अनुगमन गरिरहेको थियो । यो जहाजमा ११ इरानी, ८ जना पाकिस्तानी नागरिक र चालक दल रहेका भारतीय नौसेनालाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.