हिजबुल्लाहको मुख्य गढमा आक्रमण

हिजबुल्लाहको मुख्य गढमा आक्रमण image

लेबनान । इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहारसहित इजरायलमाथि धेरै आक्रमण गरेको दाबी गरेपछि छापा मारेको हो ।

स्वास्थ्य मन्त्रालयले बुधबार पूर्वी लेबनानको बेका उपत्यका र हिजबुल्लाहको प्रभुत्व रहेको घना जनसङ्ख्या भएको प्राचीन सहर बालबेकमा इजरायली आक्रमणले ४० जनाको ज्यान गएको जनाएको छ ।

गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाह र इजरायल कडा युद्धमा छन् भने इजरायलले गाजामा हमाससँग लड्दै उत्तरी सीमा सुरक्षित गर्न तल्लिन छ । बेरुत विमानस्थल नजिकै भएको आक्रमणले एउटा हिटर कारखानाको गोदामलाई ठुलो क्षति पुर्याएको जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.