भर्खरै : Sorry, your browser does not support inline SVG.
विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ |

चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्देशन

चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्देशन

काठमाण्डौ, २१ माघ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ।

सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागितामा भएको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको अनुसार बैठकमा शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी र कर्मचारीको व्यवस्थापन, आवश्यक सवारीसाधन तथा मतपेटिका ढुवानी व्यवस्थालगायत विषयमा विस्तृत छलफल भएको थियो।

बैठकमा सीमा सुरक्षामा उच्च सतर्कता अपनाउने, छिमेकी देशका समकक्षी निकायसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्ने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने तथा जिल्ला सुरक्षा समितिलाई दिइएका निर्देशनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने विषयमा पनि छलफल गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.