भर्खरै : Sorry, your browser does not support inline SVG.
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म |

बुढानीलकण्ठ–१३ चुनीखेल नयाँबस्तीमा आगलागी

बुढानीलकण्ठ–१३ चुनीखेल नयाँबस्तीमा आगलागी

काठमाण्डौ, २१ माघ । काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ। गएराति पौने ११ बजेतिर शुरू भएको आगो निभाउन झन्डै तीन घण्टा लागेको थियो।

काठमाण्डौ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगो लागेलगत्तै सात जनाको उद्धार गरिएको थियो।

आगलागीका कारण २४ परिवार विस्थापित भएका छन्। आगोले लामो टहरा र त्यहाँ रहेका सरसामान जलेर नष्ट भएको वडाअध्यक्ष टीकानारायण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार विस्थापित परिवारलाई नजिकैका अन्य टहरामा अस्थायी रूपमा राखिएको छ।

विस्थापितहरूलाई खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको छ। प्रारम्भिक रूपमा बिजुली सट भएर आगलागी भएको अनुमान गरिएको भए पनि आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आइसकेको छैन।

 


Thali Mobile Pvt.Ltd.